इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा
barnanmedia.com · Mon Feb 17 22:02:03 GMT 2025
झापा ११ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब काठ्माडौँ १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा खेल मच्छिन्द्र क्लब र झापा–११ फुटबल क्लबबीच भएको खेलमा ३१औँ मिनेटमा मच्छिन्द्र क्लबका मलिक बामिदेले युसुफले गोल गरेका थिए । अन्तिम समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि युसुफले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)