मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

barnanmedia.com · Tue Jun 23 00:12:21 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ।

हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ भने बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा छ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)