नेपाली विद्यार्थी प्रकृति मृत्यु प्रकरण : भैरहवामा रहेका उनका हजुरबुवा र हजुरआमा शोकमा
barnanmedia.com · Mon Feb 17 22:40:02 GMT 2025

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेपछि रुपन्देहीको भैरहवामा रहेका उनका हजुरबुवा देवनाथ लम्साल शोकमा डुबेका छन् । ७१ वर्षीय लम्साल नातिनी प्रकृतिको मृत्युको खबर सुनेसँगै शोकमा डुबेका हुन् ।
बैङ्क कनौली घर भएका देवनाथका जेठा छोरा सुनिल लम्सालकी छोरी प्रकृति अध्ययनका लागि भारत गएकी थिइन् । विगत १० वर्षदेखि सुनिलको परिवारले काठमाडौँ टोखामा मसलाका उद्योग सञ्चालन गर्दै आएको छ भने सुनिलका भाइको परिवार जापान बस्दै आएको छ । भैरहवामा भने देवनाथ र उनकी श्रीमती मात्रै बस्दै आएको स्थानीय बलराम शर्माले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)