मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बर्दियामा ५२ जना क्षयरोगका बिरामी फेला

gorkhapatraonline.com · Sat May 30 04:51:19 GMT 2026

बर्दियामा एआई एक्सरे विधिबाट भएको क्षयरोग जाँच शिविरमा ५२ जना क्षयरोगका बिरामी फेला परेका छन् । बर्दियाको तीन वटा पालिकामा गरिएको क्षयरोग जाँच शिविरमा ती बिरामी भेटिएका हुन् ।

शिविरमा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकाका चार हजार पाँच सय ८७ जनालाई ए आई एक्सरे विधिबाट क्षयरोग जाँच गरिएको थियो । जसमध्ये एक हजार एक सय ६३ जना व्यक्तीहरू शंकास्पद क्षयरोगका बिरामी भेटिएका थिए । उनीहरूलाई जि एक्सपर्ट विधिबाट खकार जाँच गर्दा ५२ जनामा क्षयरोग फेला परेको बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दले जानकारी गराउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)