मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलको पुनरागमन जित

ekantipur.com · Sun Mar 12 01:30:50 GMT 2023

म्याड्रिड — रियल म्याड्रिडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेनी ला लिगामा शनिबार ३–१ को जित निकालेको छ । स्पान्योलले जोसेलुको गोलमा आठौं मिनेटमै अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । रियलबाट भिनिसियस जुनियर र एडर मिलिटाओले गोल गरेका थिए ।

सुरुआती तीनै गोल पहिलो हाफमा भयो । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्को एसेन्सियोले रियलका लागि तेस्रो गोल थपे । यो जितपछि दोस्रो स्थानको रियलसँग ५६ अंक भएको छ । यो शीर्षस्थानको बार्सिलोनासँग ६ अंकको दूरी हो । बार्सिलोनाको ६२ अंक छ । स्पान्योल भने २७ अंकमा सीमित रहेर १३ औं स्थानमा छ । त्यसअघि काडिज र गेटाफेले २–२ को बराबरी खेलेका थिए । काडिजले दुईपल्ट अग्रता लिएर त्यो कायम राख्न सकेन । घरेलु टिमबाट रुबेन रोब्रिनो र रुबेन अल्काराजले गोल गरे । गेटाफेको दुवै गोल इनेस उनले गरे । काडिज २७ अंकमा १५ औं स्थानमा छ भने गेटाफे २६ अंकसहित १६ औं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)