सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
rajdhanidaily.com · Mon Feb 02 23:39:02 GMT 2026
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ । राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्यासी पार्टीको पुरानो बिरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्यासी र स्वतन्त्र प्रत्यासीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन् । धेरै प्रत्यासीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आसयका सामग्रीको प्रयोग बढाएको देखिन्छ । कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् । निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभावी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)