प्रकृति बचाउने संकल्पसहित हसिनामा विश्व सिमसार दिवस मनाइयो
rajdhanidaily.com · Mon Feb 02 23:40:57 GMT 2026

सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित हसिना सिमसारमा विश्व सिमसार दिवस केवल औपचारिक कार्यक्रमका रूपमा होइन, प्रकृतिप्रतिको प्रेम, जिम्मेवारी र भावनात्मक प्रतिबद्धताका साथ मनाइएको छ। जैविक विविधताको धरोहरका रूपमा रहेको सिमसार संरक्षणको सन्देश बोकेर आयोजित कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो।
नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमसार केवल पानी जम्ने स्थान नभई जीवन, संस्कृति र भविष्यको आधार भएको सन्देश प्रवाह गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)