मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवसका अवसरमा भारतसहित २४ मुलुकले दिए शुभकामना

ekantipur.com · Mon Sep 20 00:46:31 GMT 2021

काठमाडौँ — छिमेकी भारत र चीनसहित दुई दर्जनभन्दा बढी मुलुकले संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना दिएका छन् । ती देशका राष्ट्र तथा सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका हुन् ।

नयाँ संविधान जारी भएदेखि असन्तुष्ट भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षीलाई शुभकामना पठाएका हुन् । राष्ट्रपति कोविन्दले भारत सरकार, भारतीय जनता र आफ्नो तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना दिएका छन् । उनले पठाएको सन्देशमा ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध दीर्घकालीन रहेको प्रस्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)