आयरल्याण्ड उल्भ्सलाई हराउँदै नेपालले जित्यो टी–२० शृङ्खला
Ujyaaloonline.com · Tue Mar 26 22:47:01 UTC 2024
काठमाण्डाै – आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो ।
त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)