उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता
nepaltvonline.com · Tue Mar 26 23:21:14 UTC 2024

बेइजिङ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा मंगलबार अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।
भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएर लैजानेबारेमा छलफल भएको थियो । प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल-चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)