मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
lokaantar.com

मनसुन प्रवेश भएको क्षेत्रमा सोमबार भारी वर्षा भयो । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सोमबारदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको हो ।
सोमबार कोशी, बागमती, मधेशप्रदेशमा पुरै तथा गण्डकी प्रदशेका अधिकाँश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा भारी वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म बढी वर्षा भएको जानकारी दिए ।
गएरातिको अभिलेख अनुसार गएको २४ घण्टामा कास्कीमा ९८.२ र सुनसरीमा ८८.४ मिलिलिटर वर्षा भएको छ । यस्तै स्याङजा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङमा ५०देखि ६६ मिलिलिटरसम्म वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मौसम