सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला
rajdhanidaily.com · Tue Mar 26 23:47:29 UTC 2024

उदयपुर । उदयपुर र खोटाङ बिच भएर बग्ने सुनकोशीमा बेपत्ता भएको तिन बालबालिका मध्ये एक बालकको शब फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा त्रियुगा नगरपालिका– १४ साउने बजारका ८ बर्षिय रिदम मगर रहेको छ ।
रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुई जना १२÷१२ बर्षिय लोकवहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)