मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
annapurnapost.com · Sat May 30 04:58:50 GMT 2026

झापा : झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ निवासी ४४ वर्षीय निमा तामाङ रहेका छन् ।
प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ सयरडाँगी चोकमा जेठ ११ गते साँझ करिब ७ः३० बजे चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)