गतिहीन हिउँदे अधिवेशन
nayapatrikadaily.com · Wed Mar 27 00:26:00 UTC 2024

प्रिबजेटमा पर्याप्त छलफल र बढीभन्दा बढी कानुन निर्माणको उद्देश्यसहित २२ माघदेखि प्रारम्भ संघीय संसद्को हिउँदे अधिवेशन गतिहीन बनेको छ । संसद्को नेतृत्व, दलहरू र सरकारले नै हिउँदे अधिवेशनलाई परिणाममुखी बनाउने योजना प्रस्तुत गरे पनि कार्यान्वयन निराशाजनक छ । संसद् दश दिन रोकेर सभामुखसहितका पदाधिकारी विदेश भ्रमणमा छन् ।
दलहरूको बोली एउटा र व्यवहार अर्काे हुँदा यही अधिवेशनबाट लागू गरिएको क्यालेन्डर पनि प्रभावित बनेको छ । प्रिबजेट छलफलमा पर्याप्य समयावधि दिन अध्यादेशमार्फत कानुन संशोधन गरेर बजेटको तीन महिना अगाडि सारिए पनि संसद्ले पर्याप्त छलफल नगरी हतारोमै कर्मकाण्ड पूरा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)