इराकविरुद्ध फ्रान्सको लय, डेम्बेले र एम्बाप्पेको गोलमा तेब्बर अग्रता
nepalviews.com · Tue Jun 23 00:39:50 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा फ्रान्सले इराकविरुद्ध बलियो पकड बनाएको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा फ्रान्सले इराकविरुद्ध ३-० को सहज अग्रता बनाएको हो ।
खेलको ६६औँ मिनेटमा स्टार विङ्गर उस्मान डेम्बेलेले शानदार गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाएका हुन् । त्यसअघि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले टोलीका लागि सुरुवाती दुई गोल गर्दै उत्कृष्ट लयको प्रदर्शन गरेका थिए ।
खेलको १४औँ मिनेटमै एम्बाप्पेले खाता खोल्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको केही समयमै, अर्थात् ५४औँ मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए ।
मैदानभरि इराकलाई दबाबमा राखेको फ्रान्सले सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल थप्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा