जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला
barnanmedia.com · Mon Feb 02 23:46:37 GMT 2026

यहाँको रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)