मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मासिक तलब निकासा नहुँदा शिक्षक समस्यामा

gorkhapatraonline.com · Tue Jun 23 00:43:52 GMT 2026

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले मासिक रूपमा तलब निकासा गर्न माग गरेका छन्। समयमै तलब नपाउँदा आर्थिक तथा मानसिक तनाव बढ्दै गएको उनीहरूको गुनासो छ।

श्री राजाजी जनता माध्यमिक विद्यालय, भदैया, लहान–१८ का शिक्षक इन्द्रदेव चौधरी भन्नुहुन्छ, “अन्य सरकारी कर्मचारीहरूले मासिक तलब पाइरहेका छन्, तर शिक्षकहरूले अझै पनि चौमासिक रूपमा तलब पाउनुपर्दा घरव्यवहार चलाउन कठिन भइरहेको छ। बैंकको ऋण तिर्न र किराना पसलको उधारो चुक्ता गर्न समस्या भएको छ। छोराछोरीको विद्यालय शुल्क, घरभाडालगायतका खर्च व्यवस्थापन गर्न नसक्दा शिक्षकहरू तनावमा छन्।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)