अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
barnanmedia.com · Tue Jun 23 00:37:44 GMT 2026

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामा घोषणा गरेका छन्।
नीतिगत यू-टर्न तथा बढ्दो अलोकप्रियताबिच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन्।
लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले अहिलेसम्म गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे।
‘मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु’, उनले भावुक हुँदै भने।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ।
नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन्।
नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ।
सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
किएर स्टार्मर