सोलुको थामेमा अप्रत्याशित बाढीपहिरो २० घर र विद्यालय पुरिए, १३५ विस्थापित
ekantipur.com · Fri Aug 16 23:27:43 UTC 2024

खोटाङ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।
पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीयलाई अत्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । ‘बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ । एक जना बेपत्ता छन् । दिउँसोको घटना हुनाले ठूलो मानवीय क्षति भने हुन पाएन,’ उनले भने । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए । डीएसपी अधिकारीका अनुसार बाढीले क्षति गरेका सातवटा घर ढल्ने अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)