इराकलाई हराउँदै फ्रान्स नकआउटमा चरणमा प्रवेश
baahrakhari.com · Tue Jun 23 00:54:25 GMT 2026

काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई हराउँदै फ्रान्स नकआउट चरण प्रवेशन गरेको छ । समूह 'आइ 'मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्सले इराकलाई ३-0 ले हराएको हो ।
फ्रान्सका क्लियन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्यतिर अत्यधिक वर्षा भएपछि खेल केही समय प्रभावित बनेको थियो ।
दोस्रो हाफ निकै ढिला सुरु भएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा ओसामे डेम्बेलेले गोल गर्दै नतिजा ३-0 को स्थितिमा ल्याएका हुन् ।
विश्वकपमा एम्बाप्पले जर्मनका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका छन् । अर्जेन्टिनका स्ट्राइकर लिओन मेस्सीलाई उछिन्नका लागि उनी तीन गोल मात्रै पर छन् ।
#फुटबल
#फ्रान्स
#केलियन एम्बाप्पे
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ