नेपाली महिला डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत
ekantipur.com · Fri Aug 16 23:38:33 UTC 2024

विराटनगर — झापाको मेचीनगर–१० धुलाबारीका सञ्जय कँवरलाई आमा बिनादेवी ओमान गएको थाहै थिएन । ओमान पुगेर बिनादेवीले नै घरमा सम्पर्क गरेपछि मात्र उनले चाल पाए । अघिल्लो पटक कुवेत जाँदा पनि सञ्जयले पत्तै पाएका थिएनन् । २०७५ पुसतिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन् । भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुनः खाडी मुलुक ओमान उडेकी थिइन् ।
लोपोन्मुख आदिवासी समुदायकी बिनादेवी विदेश जानुअघि मेचीनगर–७ स्थित राज टी इस्टेटमा चियापत्ती टिप्ने श्रमिक थिइन् । उनका पति कारखानामा काम गर्थे । कोभिड महामारीअघि जागिरबाट अवकाश पाउनेबित्तिकै उनी विदेश हानिएकी थिइन् । कुवेतमा भनेजस्तो काम नभएको भन्दै उनी घर फर्केकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)