मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग उपाधि सिटीको पकडमा

ekantipur.com · Thu Apr 27 00:40:21 GMT 2023

काठमाडौँ — म्यानचेस्टर सिटीले उत्कृष्ट प्रदर्शन गर्दै बुधबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ४–१ ले हराएको छ । उपाधिको निर्णायक मानिएको खेलमा सिटीको पूर्णतः दबदबा रह्यो । यस जितसँगै उपाधि होड सिटीको पकडमा आएको छ ।

यो नतिजापछि पेप ग्वार्डिओलाको सिटी आर्सनलभन्दा दुई अंकको दूरीमा दोस्रो स्थानमा रह्यो, तर उसले दुई खेल कम खेलेको छ । आर्सनलले ७५ अंकमा पहिलो स्थानमा भने त्यसपछि सिटीको ७३ अंक भएको छ । इतिहाडमा सिटीका लागि केभिन डे बुएनाले दुई गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)