पोखरामा जग्गाको कित्ताकाट खुल्यो
nepalviews.com · Tue Sep 15 00:18:22 GMT 2026

गण्डकी । पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झन्डै सात लाख कित्ताको भूउपयोग वर्गीकरण गरिएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार ‘भूउपयोग ऐन २०७६’ तथा ‘भूउपयोग नियमावली २०७९’ बमोजिम भूउपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको हो ।
सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ । भूउपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबारलगायतका काममा नागरिकलाई सहजता थपिने महानगरप्रमुख आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)