इराकलाई हराउँदै साविक उपविजेता फ्रान्स विश्वकपको नकआउट चरणमा
nepalviews.com · Tue Jun 23 01:10:02 GMT 2026
काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको समूह चरणको खेलमा एसियाली टोली इराकलाई ३–० गोल अन्तरले सहजै पराजित गर्दै फ्रान्सले एक खेल अगावै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
लगातार दोस्रो जितसँगै ६ अंक जोडेर फ्रान्स समूहको शीर्ष स्थानमा छ । यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको सुरुवाती समयदेखि नै इराकविरुद्ध हाबी भएको फ्रान्सले चौधौँ मिनेटमै खाता खोलेको थियो । कप्तान किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिएलगत्तै भारी वर्षा भएपछि खेल झण्डै २ घण्टासम्म रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)