मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुणस्तरीय कानुनको जस सरकार र संसद् दुवैले पाउनुपर्छ : मन्त्री गुरुङ

barnanmedia.com · Fri Aug 16 23:43:05 UTC 2024

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि विधेयक हतारमा नभई गुणस्तरीय र समृद्ध तुल्याउने ढङ्गबाट बहस गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सदस्यहरूले उठाउनुभएको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भोलि परिणाम आउँदा सरकार र संसद् दुवैले जस पाउने भएकाले विधेयक निर्माण गर्दा स्वच्छ बहस गरिनुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)