इन्टर फेरि बलियो प्रत्याशी
ekantipur.com · Fri Aug 16 23:50:30 UTC 2024
मिलान — इन्टर मिलान फेरि एकपल्ट इटालीको सिरी ‘ए’ उपाधि जित्नका लागि बलियो प्रत्याशी रहेको छ । डिफेन्डिङ च्याम्पियन इन्टरले शनिबार आफ्नो पहिलो खेलमा जेनोवाको सामना गर्नेछ । टोलीका प्रतिस्पर्धी टिमहरूले भने लिगमा चुनौती पेस गर्न नयाँ प्रशिक्षक भित्र्याएका छन् । गत सिजन सिमोनी इन्जाघीको टिमले २० औं पटक लिग उपाधि जितेको थियो ।
अन्यत्र भने लगभग सबैतिर परिवर्तन देखिएको छ । यी सबै परिवर्तनले इन्टरको वर्चस्वलाई बलियो चुनौती दिने देखिन्न । इन्टरको स्वामित्व अहिले अमेरिकी लगानी संस्था ओकट्रीमा छ । यसअघिका लगानीकर्ता सुनिङ चर्को ऋणमा डुबेपछि नयाँ मालिक भित्रिएको हो । ओकट्री आएयता सुरुमा अनिश्चिता छाएको थियो । यसको सिधा प्रभाव टिमको प्रदर्शनमा पर्ने विश्वास गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)