रोड्रीबिना उत्रने सिटी
ekantipur.com · Fri Aug 16 23:52:47 UTC 2024
लन्डन — म्यानचेस्टर सिटीले स्पेनिस मिडफिल्डर रोड्रीबिना आइतबार प्रिमियर लिगको नयाँ सिजनको सुरु गर्ने भएको छ । टोलीका व्यवस्थापक पेप ग्वार्डिओलाले चेल्सीविरुद्ध स्टामफोर्ड ब्रिजमा हुने खेल गुमाउने उनले जानकारी गराएका छन् ।
युरो २०२४ को इंग्ल्यान्डविरुद्धको फाइनलमा घाइते भएर मध्यान्तरमा मैदान छाडेका २८ वर्षे रोड्री हालैमात्र सिटीको प्रशिक्षणमा फर्किएका हुन् । रोड्रीलाई मैदानमा फर्किन अनुमति दिइएको छैन । तर युरो २०२४ को फाइनल खेलेका इंग्ल्यान्डका तीन खेलाडी फिल फोडेन, जोन स्टोन्स र केएल वाल्कर भने चेल्सीविरुद्ध उत्रन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)