मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर

ratopati.com · Tue Jun 23 01:10:03 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगलविरुद्ध ४८औँ मिनेटसम्म २–० को अग्रता बनाएको छ।

न्युयोर्क–न्युजर्सी रंगशालामा जारी खेलमा नर्वेका मार्कस पेडरसनले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर आएको उक्त गोलले नर्वेलाई सहज अवस्थामा पुर्‍याएको थियो।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल थप्दै नर्वेको अग्रता दोब्बर बनाए। ४८औँ मिनेटमा भएको उक्त गोलसँगै सेनेगल थप दबाबमा परेको छ।

पहिलो खेलमा इराकलाई ४–१ ले हराएको नर्वे लगातार दोस्रो जिततर्फ उन्मुख देखिएको छ। यो नतिजा कायम रहे नर्वेले समूह चरण पार गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ।

यता, पहिलो खेलमा फ्रान्ससँग पराजित भएको सेनेगल विश्वकपबाट बाहिरिने खतरा बढ्दै गएको अवस्थामा छ। खेलको ४८औँ मिनेटसम्म नर्वे २–० ले अगाडि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय