मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

nagariknews.nagariknetwork.com · Tue Jun 23 01:09:17 GMT 2026

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ। पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो।

पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ। टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ। सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)