नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते
gorkhapatraonline.com · Tue Jun 23 01:14:44 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–००३ च १२०५ नम्बरको ईभी हाइस सोमबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा हाइस चालक प्यूठानको माण्डवी गाउँपालिका–२ निवासी २४ वर्षीय विष्णु घर्ती घाइते भएका छन्। साथै कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ निवासी ३१ वर्षीय अर्बिन्द्र अग्रवाल, २६ वर्षीया प्रभा अग्रवाल र उहाँकी १८ महिनाकी छोरी पनि घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)