साहित्यिक मासिक ‘नवप्रज्ञापन’को शताङ्क सार्वजनिक
baahrakhari.com · Mon Aug 07 17:13:00 GMT 2023
काठमाडौं । साहित्यिक मासिक पत्रिका ‘नवप्रज्ञापन’ले शताङ्क सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकारहरू रोचक घिमिरे, हिरण्यकुमारी पाठक, मोहन दुवाल तथा सांसद रघुजी पन्तले पत्रिकाको एक सयौं अंक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा रोचक घिमिरेले साहित्यिक पत्रिकाको एक सय अंक प्रकाशित हुनु आफैँमा महत्त्वपूर्ण कार्य भएको बताउँदै साहित्यिक पत्रिकाप्रति राज्य जहिल्यै अनुदार भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)