मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप-२०२६ : फ्रान्स ३-० गोलले विजयी

kendrabindu.com · Tue Jun 23 01:17:49 GMT 2026

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध सानदार जित निकालेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भर्खरै सकिएको खेलमा किलियन एम्बाप्पे एक्लैको दुई गोल मद्दतमा फ्रान्सले इराकलाई ३-० गोलले पराजित गरेको हो।

वर्षाले करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका थिए। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए।

फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६ औँ मिनेटमा तेस्रो गोल गरेका हुन्। विश्वकपमै यो उनको पहिलो गोल हो। पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो।

फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो। यो जितसँगै फ्रान्स पनि एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय