मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा

annapurnapost.com · Tue Jun 23 01:27:47 GMT 2026

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइ अन्तर्गत इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो।

फ्रान्सको जितमा केलियन एम्बापेले २ र ओस्मान डेम्बेलेले १ गोल गरे।

खेलको १४ औं मिनेटमा केलियन एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४० मिनेट पश्चात मैदानमा वर्षा र मेघ गर्जन हुन थाल्यो । जसको कारण दोस्रो हाफको खेल सुरु हुन १ घण्टाभन्दा बढी समय लागेको थियो।

खेलको दोस्रो हाफमा केलियन एम्बापेले फ्रान्सका लागि दोस्रो गोल गरे । खेलको ५४ औं मिनेटमा इराकका गोलकिपरले डिफेन्डरलाई दिन खोजेको बल ओस्मान डेम्बेलेको सहयोगमा उनले बललाई गोलमा परिणत गरिदिएका हुन्।

खेलको ६६ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० को स्थितिमा ल्याए।

इराकले भने प्रयासका बाबजुत पनि गोल फर्काउन सकेन। इराकलाई पराजित गर्दै फ्रान्स राउन्ड अफ ३२ मा प्रवेश गरेको छ।

इराकविरुद्धको खेलमा फ्रान्सको नेतृत्व गर्दै मैदानमा उत्रँदा एम्पाम्बे राष्ट्रिय टोलीका लागि १००औँ खेल (क्याप) पूरा गरेका छन्। यससँगै उनी फ्रान्सका लागि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने इतिहासका दशौँ खेलाडी बनेका छन्।

फ्रान्सेली राष्ट्रिय टोली (ले ब्लुज) सँग उनको यात्रा २५ मार्च २०१७ मा सुरु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय