मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौराहामा बोटिङ आकर्षण : पर्यटकलाई जंगलबिचको रोमाञ्चक अनुभव (तस्बिरहरू)

ratopati.com · Sat May 30 06:05:18 GMT 2026

चितवन । चितवनको सौराहा भन्ने बित्तिकै जङ्गल सफारी, हात्ती प्रजनन केन्द्र, थारु संस्कृति र वन्यजन्तु अवलोकनको चित्र आँखाअघि आउँछ। पछिल्लो समय भने सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि ‘राप्ती नदी बोटिङ’ पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। जङ्गलको बिचबाट बग्ने राप्ती नदीमा सञ्चालन गरिएको बोटिङ सेवाले सौराहाको पर्यटनमा नयाँ आयाम थपेको छ।

गत कात्तिक महिनादेखि सञ्चालनमा आएको बोटिङ सेवा अहिले आन्तरिक तथा विदेशी पर्यटकका लागि विशेष आकर्षण बनेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा जिन्दगानी घाटदेखि भिमपुर घाटसम्म करिब ६ किलोमिटर दूरीमा बोटिङ गराइन्छ। यस क्रममा पर्यटकले नदी यात्रा गर्दै निकुञ्जको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको अवलोकन गर्न पाउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)