कौडेना गाउँपालिकाका सात सामुदायिक विद्यालय समायोजन
gorkhapatraonline.com · Tue Jun 23 01:39:41 GMT 2026

सर्लाहीको दक्षिणवर्ती क्षेत्रस्थित कौडेना गाउँपालिकाले सातवटा सामुदायिक विद्यालयलाई नजिकका विद्यालयमा समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको सोमबार सम्पन्न १६औँ गाउँसभाले विद्यालय समायोजनसम्बन्धी निर्णय पारित गरेको हो। भौतिक पूर्वाधारको अवस्था कमजोर हुनु, शिक्षक तथा विद्यार्थीको संख्या न्यून हुनु र विद्यालयहरूबीचको दूरी अत्यन्त नजिक रहनुजस्ता आधारमा विद्यालय समायोजन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुपेशकुमार (बब्लु) ले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं