सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा
bishowkhabar.com · Sat Jun 06 03:18:46 GMT 2026

काठमाडौं -उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा तानेको हो।
सरुवासँगै उनलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव खटाइएको छैन। उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव पठाउने तयारी भइरहेको बताइएको छ। पुस्करलाई बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो। लामो सोधपुछपछि उनी रिहा भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)