व्यापारिक साझेदारीको लागि चीन र इयूका व्यापार प्रमुखबीच छलफल हुँदै
kendrabindu.com · Tue Jun 23 01:50:58 GMT 2026

काठमाडौं । युरोपेली सङ्घ (इयू) व्यापार प्रमुख मारोस सेफ्कोभिचले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग ब्रसेल्समा जुन २९ मा वार्ता गर्ने कार्यक्रम तय भएको इयूले जनाएको छ। इयूले संवादमार्फत व्यापारिक तनाव सम्बोधन गर्न खोजिरहेको स्पष्ट पार्दै इयू व्यापार प्रवक्ताले सोमबार एएफपीसँग वार्ताको कार्यक्रमबारे बताएको छ ।
“म पुष्टि गर्न सक्छु कि आयुक्त सेफ्कोभिचले जुन २९ सोमबार ब्रसेल्समा मन्त्री वाङलाई स्वागत गर्दै बैठक गर्नेछन्,” इयू व्यापार प्रवक्ता ओलोफ गिलले भने । युरोपेली सङ्घ (इयू) ले पछिल्ला केही हप्ताहरूमा चीनसँगको २७ देशीय समूहको व्यापार असन्तुलन सम्बोधन गर्नुपर्ने विषयमा कडा धारणा अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)