मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चोठचन्द्र पर्व सम्पन्न
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । सुनसरीसहित मिथिला क्षेत्रमा गणेश चतुर्थी अर्थात् चोठचन्द्र (चौरचन) पर्व श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ मनाइएको छ । मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस पर्वमा चन्द्रमाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्यता र समृद्धिको कामना गरिएको छ ।
भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा यस क्षेत्रका मैथिल समुदायले आआफ्ना घरको आँगन तथा छतलाई पवित्र रूपले लिपपोत गरी अरिपान (चपिँड) बनाएका थिए । त्यसपछि विभिन्न प्रकारका पकवान, फलफूल र चकमरो (माटोको भाँडो) मा राखेको विशेष दही चन्द्रमालाई अर्पण गरिएको थियो । पर्वका अवसरमा विशेष गरी पेडा, पुरी, फलफूल र नैवेद्यसहितका परिकारहरू चन्द्रमालाई चढाउने र रातिको समयमा चन्द्र दर्शन गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)