मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा विकसित विशाल बादल प्रणालीको प्रभाव नेपालमा पनि पर्ने संकेत

nagariknews.nagariknetwork.com · Sat May 30 06:26:02 GMT 2026

भारतीय मौसम विभाग (आईएमडी) ले सार्वजनिक गरेको पछिल्लो भू–उपग्रह तस्बिर अनुसार पाकिस्तानदेखि उत्तरपश्चिम, मध्य तथा पूर्वी भारतसम्म फैलिएको विशाल बादलको आवरण देखिएको छ। यसले दक्षिण एसियाभर पूर्व–मनसुन (प्री–मनसुन) गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद्का अनुसार उक्त प्रणाली सक्रिय पश्चिमी विक्षोभ, उत्तरी पाकिस्तान आसपासको चक्रवाती परिसंचरण तथा अरब सागर र बंगालको खाडीबाट भित्रिएको प्रशस्त आर्द्रताको संयुक्त प्रभावबाट विकसित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)