हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
ratopati.com · Tue Jun 23 01:59:56 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेको छ।
न्युयोर्क–न्युजर्सी रंगशालामा सम्पन्न खेलमा नर्वेले ४३औँ मिनेटमा मार्कस पेडरसनको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफ १–० मा सकिएको खेलमा दोस्रो हाफ सुरु भएको तीन मिनेटमै एर्लिङ हालान्डले ४८औँ मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गर्दै नर्वेलाई २–० को स्थितिमा पुर्याए।
सेनेगलले ५३औँ मिनेटमा इस्माइला सारको गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो। तर नर्वेले ५८औँ मिनेटमा फेरि हालान्डकै अर्को गोलसँगै ३–१ को बलियो अग्रता बनायो।
खेल अन्त्यतर्फ पुग्दै जाँदा सेनेगलले दबाब बढाउँदै थपिएको ३ मिनेटमा फेरि गोल गर्यो। नर्वेको रक्षापङ्क्तिलाई चिर्दै आएको उक्त गोलले खेललाई ३–२ मा ल्याएपछि अन्तिम मिनेटहरू अत्यन्तै रोमाञ्चक बने।
त्यसपछि अन्य गोल नभएपछि नर्वेले अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक सुरक्षित गर्यो।
यो जितसँगै नर्वे समूह ‘आई’ मा आफ्नो स्थिति मजबुत बनाउँदै नकआउट चरण नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा