श्रीमान् र छोरा बेपत्ता : एकपछि अर्को पीडा झेल्दै सरिता
ratopati.com · Tue Sep 15 01:15:00 GMT 2026

बुटवल । पाल्पाको रामपुर नगरपालिका–७, शीतलनगरकी ४३ वर्षीय सरिता सुती मगरको जीवनमा पछिल्ला चार वर्ष पीडामाथि पीडा थपिँदै आएका छन् । चार वर्षअघि छोरी गुमाएकी उनले श्रीमान् र छोराको मुख हर्दै जसोतसो सम्हालिने प्रयास गरिन् । छोरीको वियोग भुलेर उठ्न नपाउँदै अहिले उनी आफ्नो बाँच्ने आधार बनेका श्रीमान् र छोरा बेपत्ता भएको पीडामा थलिएकी छन् ।
भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि सरिताका श्रीमान् ४७ वर्षीय युवराज ‘रामु’ सुती र छोरा २६ वर्षीय अमृत सुती सम्पर्कविहीन छन् । उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने अहिलेसम्म कुनै जानकारी नरहेको सरिताले बताइन् । बाढी आएको १९ दिन बितिसक्दा पनि उनीहरूको अत्तोपत्तो नहुँदा सरिता भोक न तिर्खाको अवस्थामा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)