कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै राकेश
nagariknews.nagariknetwork.com · Tue Sep 15 01:09:41 GMT 2026

बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए। अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन।
विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यतिबेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ। उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकैखेती गर्दै आएका थिए। तर अहिले सप्तकोशी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरुको जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)