हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन
annapurnapost.com · Tue Sep 15 01:10:03 GMT 2026

काठमाडौं : चाँदीको छानो जस्तै सेताम्मे हिमालले नेपालको अधिकांश उत्तरी भागलाई ओगटेको छ। सोही हिमाल आरोहण र रमणीय दृश्यलाई आँखामा कैद गर्न विभिन्न देशका आरोही र पर्यटक नेपाल भित्रिने गर्छन् भने आन्तरिक पर्यटक पनि हिमाल भने पछि लोभिने गर्छन्। हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनको आधार बनेको छ हिमाल।
तर, विस्तारै विश्व जगतमा उच्च नाम कमाएका हिमालहरू कालो पत्थरजस्तै हुँदै गएका छन्। जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यासलाई मानिँदै आएकाले कालो कार्बनले वातावरण प्रदूषणमा पुर्याएको असरको बहस भने ओझेलमा परेको छ। जलवायु परिवर्तनको विभिन्न कारणहरूमध्ये कालो कार्बन उत्सर्जनलाई एक मुख्य कारक मानिने वातावरण विज्ञ एवं अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठ बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)