कोरला नाकाबाट १५ दिनमा ६४१ ईभी जाँचपास, मुस्ताङ भन्सारले उठायो १ अर्ब ७८ करोड
barnanmedia.com · Tue Sep 15 01:09:50 GMT 2026

रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट आउने विद्युतीय सवारी कोरलातर्फ मोडिएका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयबाट भदौ १० देखि २५ गतेसम्म ६४१ ईभी र ४३४ मालवाहक कन्टेनर जाँचपास भएका छन् ।
मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार भदौ २५ गते शुक्रबार मात्रै १०६ विद्युतीय सवारी र ७१ कन्टेनर जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि रसुवागढी–केरुङ मार्ग अवरुद्ध हुँदा कोरलाबाट चिनियाँ मालवस्तु र सवारी आयात तीव्र बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)