मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगार विभागमा २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

nagariknews.nagariknetwork.com · Tue Jun 23 01:57:08 GMT 2026

वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको विवरण अनुसार विभागको विभिन्न शाखाहरूबाट कार्यसम्पादन र उजुरी सुनुवाइ भएको छ। मुद्दा तथा अनुसन्धानमा सक्रियता विभागको मुद्दा तथा अनुसन्धान शाखामा आज एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

सोही अवधिमा शाखाले २५ वटा पक्राउ पुर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ। विभिन्न मुद्दामा संलग्न ७ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ। साथै, ३ वटा मुद्दामा मिलापत्र गरिएको छ भने पक्राउ अनुमति, बैंकलाई लेखिएका पत्र र अभियोग पत्र लगायत गरी कुल ७९ वटा पत्रहरू चलानी भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)