कहिँ नभएको जात्रा हाँडिगाउँमा
nepalghatana.com · Mon Oct 10 17:40:00 GMT 2022
नेपाली समाजमा कहिँ नभएको जात्रा हाँडिगाउँमा भन्ने चर्चित उखान छ । तर यो उखान मात्र नभएर काठमाडौंको हाँडिगाउँका नेवार समुदायले मनाउने परम्परागत जात्रा नै हो ।
यो जात्राको वास्तविक नाम चाहिँ चोक्टे नारायणको खट जात्रा हो । ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिने नारायणको खटको गजुर तलतिर फर्किएको र देवता माथि रहेको खट जात्रा गरी चोक्टे नारायणको जात्रा आज मनाइएको छ । फरक प्रकृतिको भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा हाँडीगाउँमा भनिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)