कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना
bishowkhabar.com · Tue Sep 15 01:24:57 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)