भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
ratopati.com · Tue Jun 23 02:13:44 GMT 2026

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ०६ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)