चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफाइनलमा
baahrakhari.com · Tue Feb 18 18:02:23 GMT 2025
काठमाडौं । चर्च ब्वाइज यूनाइटेड काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै धरान फुटबल क्लब १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलको धरानका लागि दोर्जे तामाङ र विवेक राईले एक÷एक गोल गरे । चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए । प्लेयर अफ द म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित भए । उनले १० हजार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)