बजेटप्रति ब्रोकर समुदाय सकारात्मक, एसोसिएसनका अध्यक्षले भने– नयाँ युगको सुरुवात
shilapatra.com · Sat May 30 06:45:00 GMT 2026
नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ । विशेषगरी पुँजीबजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पुँजीबजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)